Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानीसँगै सामान्य बढ्यो रु रु जलविद्युतको खुद नाफा, इपीएस कति?

विद्युत बिक्री आम्दानीसँगै सामान्य बढ्यो रु रु जलविद्युतको खुद नाफा, इपीएस कति?

Aug 12, 2024 04:46 AM Merolagani

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत १३ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षमा १३ करोड ६२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.९२ प्रतिशत बढेको हो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ७.०७ प्रतिशत बढेर ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै वित्तीय खर्च घटेका कारण कम्पनीको नाफा सामान्य पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.११ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ६२.४३ प्रतिशत घटेको छ भने वित्तीय खर्च २९.०४ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९९ पैसा बढेर १४ रुपैयाँ ९३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.७४ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १८ करोड २४ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।