Ipo.aspx merolagani - एक सातामा लगानीकर्ताले गुमाए साढे ३ खर्ब

एक सातामा लगानीकर्ताले गुमाए साढे ३ खर्ब

Aug 31, 2024 06:29 AM Merolagani

यस साता नेपाली धितोपत्र बजारका लगानीकर्ताहरुले साढे ३ खर्ब सम्पत्ती गुमाएका छन्। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ खर्ब ५७ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको छ।

नेप्से परिसूचक यस साता साढे ७ प्रतिशत घटेको छ। गत साता २९७४.४६ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.५६ प्रतिशत अर्थात २२४.८९ अंक घटेर २७४९.५७ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन घटेको छ। यस साता बुधबार नेप्से सामान्य अंक बढेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ७.७८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.८० अंक घटेको छ।

नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा २२ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १६ अर्ब ९ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २७.८५ प्रतिशत अर्थात ६ अर्ब २१ करोड रुपैयाँ कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २३.९७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २१.३५ प्रतिशत घटेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १०.४५ प्रतिशत घटेको छ। गत साता ३९७५.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४१५.५५ अंक घटेर ३५५९.९४ विन्दुमा झरेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६६ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १२४४.०२ अंक घटेको छ। त्यसैगरी, सबैभन्दा कम घटेको उपसमूह म्युचुअल फण्ड रहेको छ। सो उपसमूहको परिसूचक यस साता ०.३७ अंक घटेको छ।

यस साता दुई कम्पनीको १० लाख ५ हजार ११९.२४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनी र सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ३१.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी बढेको छ भने थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य १७ प्रतिशत बढेको छ। यस साता सेन्ट्रल फाइनान्सको शेयरमूल्य सर्वाधिक १६.५० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एनआईबिएल समृद्धि फण्ड २, कुमारी इक्विटी फण्ड, १० प्रतिशत प्राइन डिबेञ्चर २०८८ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चन्द्रागिरी हिल्स, माइ खोला हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

गभर्नरको ‘सानो कमजोरी’ माथि नेपाली सेनाको ठूलो ‘एक्सन’ !

Aug 26, 2024 05:53 PM

कहिले काँहि ठूला काम गर्दा हुने सानो तिनो कमजोरीको ठूलो परिणाम भोग्नु पर्छ भन्ने पछिल्लो उदाहरण गभर्नर महाप्रसाद अधिकारी र  नेपाल राष्ट्र बैंक बनेका छन् ।