Ipo.aspx merolagani - बजारमा किन हुँदैछ फराकिलो अंकको गिरावट ?

बजारमा किन हुँदैछ फराकिलो अंकको गिरावट ?

Sep 24, 2024 05:38 PM Merolagani


शेयर बजार दिन प्रतिदिन फराकिलो अंकको गिरावट भएको छ । बजार दैनिक ठूलो अंकले घटेपछि लगानीकर्ताको मनोभावना कमजोर भएको हो ।

बजार घट्नेक्रमलाई निरन्तरता दिँदा नेप्से २५ सय विन्दु भन्दा तल ओर्लेको छ । मंगलबार नेप्से ५८.९३ अंकले २४७०.३९ अंकमा झरेको हो । नेप्से बुलमा छ भन्दै गर्दा बजारले वियरको स्वरुप देखाउन थालेको छ । बढेको समयमा नाफा सुरक्षित गरेका लगानीकर्ताले पुनः बजार प्रवेश नगर्दा बजार कमजोर भएको केहि लगानीकर्ताहरुको बुझाई छ ।

नेपाल राष्ट्र बैंकले लचिलो नीति लिदा संस्थागत लगानीकर्ताको उपस्थिती बढ्ने आंकलन सहित बजारमा उत्साह आएको थियो । यद्यपि संस्थागत लगानीकर्ता 'वेट एन्ड वाच' को अवस्थामा रहदा बजारले गति लिन नसकेको अनुमान गर्न थालिएको छ ।

निरन्तर बजार घटेको मात्र देख्दा, विशेषगरी नयाँ र बजारको उतारचढावका बारेमा पर्याप्त ज्ञान नभएका लगानीकर्ताको कन्फिडेन्स झनै गुम्छ । यतिबेला लगानीकर्ताको मनोबल कमजोर बनेको छ । कारोबार रकम निकै कम भएकाले बजार कमजोर देखिएको छ । बजारमा प्यानिक सेल भएको छ । बजारबाट सस्तो मूल्यमा शेयर लिएर नाफा लिने मौकाको रुपमा भने यो घटाईलाई लिएको लगानीकर्ताको बुझाई छ ।

 

comments powered by Disqus