Ipo.aspx merolagani - विवेकपूर्ण नीतिहरू पछ्याएका कारण भारतीय अर्थतन्त्र दिगो विकासको बाटोमा अगाडि बढ्याे: आरबीई गभर्नर शक्तिकान्त दास

विवेकपूर्ण नीतिहरू पछ्याएका कारण भारतीय अर्थतन्त्र दिगो विकासको बाटोमा अगाडि बढ्याे: आरबीई गभर्नर शक्तिकान्त दास

Sep 24, 2024 06:12 PM Merolagani

भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरु २१ औं शताब्दी नयाँ चुनौती सामना गर्न तयार हुनुपर्ने बताएका छन् । ‘सेन्ट्रल बैंक इन दी ट्वान्टी फस्ट सेन्चुरीः चेन्जिङ प्याराडाइम’ नामक कार्यशाला गोष्ठीमा बोल्दै गभर्नर दासले केन्द्रीय बैंकहरु नयाँ चुनौतीको सामना गरेर वित्तीय प्रणालीलाई सुरक्षित राख्न सफल हुने बताए ।

आरबीइआई गभर्नर दासले अथक प्रयास सक्रिय र विवेकपूर्ण नीतिहरू पछ्याएको कारण भारतीय अर्थतन्त्र दिगो विकासको बाटोमा अगाडि बढेको बताउँदै त्यसको आफ्नो सकारात्मक असर स्वरुप विश्व अर्थतन्त्रको वृद्धिमा झन्डै १८ प्रतिशत हिस्सा भारतको तर्फबाट योगदान गर्न पाएको बताए । अमेरिकी बैंकहरु धरासायी हुँदा समेत भारतीय बैंक तथा कर्पोरेट क्षेत्रलाई बलियो बनाइ राख्न सफल भएको उनले बताए । देशको प्रमुख वित्तीय नीति निर्माण संस्थाको रुपमा रहेको केन्द्रीय बैंकले बदलिंदो समयसँगै तालमेल गरेर भावी जोखिमलाई कम गर्नेगरी नीतिहरु परिमार्जन गर्दै लैजानुपर्ने उनले बताए।

उनले भने –‘हरेक संकटले नयाँ पाठ र विचार लिएर आउँछ। अर्थशास्त्रमा ज्ञान र विचारहरू विगतको प्रत्येक संकटबाट पाठ सिकेर अगाडि बढेका छन् सन् १९३० को महामन्दीले वित्तीय र माग व्यवस्थापन नीतिहरूको महत्वलाई उजागर गर्यो । त्यसैगरी १९७० को उच्च मुद्रास्फितिले नीति कार्यान्वयनमा स्थिरता र विश्वसनीयताको आवश्यकता देखायो । सन् २००८ को विश्वव्यापी वित्तीय संकटले वित्तीय स्थिरतालाई समग्र बृहत् आर्थिक स्थायित्वबाट अलग राख्न नसकिने पाठ पढायो । कोरोना महामारीले पूर्वसक्रियता, नवीन र विवेकी हुनुपर्ने आवश्यकता औल्यायो । प्रत्येक संकटबाट पाठ सिकेर नीति निर्माताहरुले नयाँ आर्थिक सिद्धान्त र नीतिहरु प्रतिपादन गरेका हुन ।’

comments powered by Disqus