Ipo.aspx merolagani - देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला

देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला

Sep 24, 2024 09:45 PM Merolagani

देशभर घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गरिने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असाेज १७ गतेदेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

यात्रुबाहक सवारी साधनका लागि देशभर लागु हुने गरी घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गरिने विभागले जनाएकाे छ । यद्धपी, अन्य कारणले कुनै बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीको बन्देज भने यथावत रहेकाे छ ।

उक्त बैठकले असोज १२ गते, शनिबारदेखि अग्रिम बुकिङ खुलाउने निर्णय समेत गरेकाे छ । यसरी, यहिँ शनिबारदेखि सर्वसाधारणहरूले सार्वजनिक सवारीको अग्रिम टिकट बुक गर्न सक्नेछन् ।

comments powered by Disqus