Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार?

Apr 08, 2025 10:58 AM Merolagani

चैत २६ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा नेपाल माइक्रो इन्स्योरेन्स (NMIC) को पहिलो कारोबार भएको छ। कम्पनीको ३२० रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार हिजो सोमबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनपर्ने थियो। तर कारोबार म्याचिङ्ग नभएका कारण सो दिन कम्पनीको पहिलो कारोबार हुन सकेन। त्यसैले, यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वासाधारण शेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। नेप्सेले कम्पनीलाई एनएमआईसी स्टक टिकर प्रदान गरेको छ।

comments powered by Disqus

गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।