Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार?

Apr 10, 2025 10:48 AM Merolagani

चैत २८ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स (CREST) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता चैत २७ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कारोबारका लागि कम्पनीलाई सीआरईएसटी स्टक टिकर प्रदान गरिएको छ।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।