Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो ट्रेड टावरको पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो ट्रेड टावरको पहिलो कारोबार?

Jul 17, 2025 10:47 AM Merolagani

साउन १ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा ट्रेड टावर लिमिटेड (TTL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३६६ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर असार ३१ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात असार ३२ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनुपर्ने थियो। तर, म्याचिङ्ग नभएका कारण हिजो कारोबार हुन नसक्दा आज स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर टीटीएल टिकरमा कारोबार भएको हो।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।