Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार?

May 04, 2025 10:47 AM Merolagani

बैशाख २१ गते, आइतबार स्पेशल प्रि ओपन सेसनमा ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर ओएमपीएल टिकरमा कारोबार भएको हो।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।