Ipo.aspx merolagani - सुन र चाँदीको मूल्य स्थिर

सुन र चाँदीको मूल्य स्थिर

Apr 20, 2025 11:17 AM Merolagani

बैशाख ७ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी शुक्रबार कायम मूल्य अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ।

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।