Ipo.aspx merolagani - फेरि बनायो सुनको मूल्यले नयाँ रेकर्ड

फेरि बनायो सुनको मूल्यले नयाँ रेकर्ड

Apr 21, 2025 11:06 AM Merolagani

बैशाख ८ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बैशाख ४ गते सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाली बजारमा यस दिन पनि चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ।

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।