यस दिन नेप्से परिसूचक १५.०८ अंक घटेर २६३१.९८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६६ हजार २६५ पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन ९४ रुपेयाँ ८० पैसा बढेर १ हजार ४२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ११४ रुपैयाँ ६० पैसा बढेर १ हजार २६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनीकाे शेयरमूल्य ९ प्रतिशत बढेकाे छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८२ करोड ४३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ४६ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२२ प्रतिशत घटेको छ। घटेका अरू उपसमूहकाे गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेकाे छ।