Ipo.aspx merolagani - बरुण हाइड्रोपावरले विद्युत बिक्रीमार्फत कमायो ७ करोड २७ लाख रुपैयाँ, नाफा कति?

बरुण हाइड्रोपावरले विद्युत बिक्रीमार्फत कमायो ७ करोड २७ लाख रुपैयाँ, नाफा कति?

May 11, 2025 06:11 AM Merolagani

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ७ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले कुनै विद्युत बिक्री आम्दानी गरेको थिएन। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएका कारण सो अवधिमा विद्युत बिक्री आम्दानी नभएको हो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ लाख ७८ हजार रुपैयाँ धनात्मक भएको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको कुल नाफा ४ करोड ७४ लाख रुपैयाँ रहेको छ भने गैर सञ्चालन आम्दानी १ करोड ५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ५ करोड २ लाख रुपैयाँ र वित्तीय खर्च २ करोड २७ लाख रुपैयाँ रहेको छ।

५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ करोड ५३ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ९० पैसा रहेको छ।

comments powered by Disqus

बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।