Ipo.aspx merolagani - ग्रीन भेन्चर्सको नाफा बढ्यो

ग्रीन भेन्चर्सको नाफा बढ्यो

May 13, 2025 10:13 AM Merolagani

ग्रीन भेन्चर्स लिमिटेड (GVL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ४३.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत् बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट एक अर्ब २८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी ८.४० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट एक अर्ब १८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै कम्पनीको वित्तीय खर्च ४१ करोड ७४ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४१ करोड २७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८७ पैसा छ भने प्रतिशयर नेटवर्थ ११२ रुपैयाँ ०१ पैसा छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४४.१८ गुणा छ । 

 

comments powered by Disqus

बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।