चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ७.२० प्रतिशत र सञ्चालन मुनाफा १४.६५ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४७ गुणा रहेको छ।
३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ।
