Ipo.aspx merolagani - विद्युत आम्दानी घट्दा सानिमा माई हाइड्रोपावरको नाफामा दवाव

विद्युत आम्दानी घट्दा सानिमा माई हाइड्रोपावरको नाफामा दवाव

May 12, 2025 11:48 AM Merolagani

सानिमा माई हाइड्रोपावर लिमिटेड(SHPC)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलाे ९ महिनासम्ममा २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा कम्पनीको यस्तो नाफा १२.०३ प्रतिशत कम हो । गत आर्थिक वर्ष यसै अवधिसम्ममा कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विद्युत बिक्री आम्दानीमा कमी हुँदा कम्पनीको नाफामा दवावमा परेको हो । समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ५१ करोड २९ लाख रुपैयाँ छ । यो वर्ष कम्पनीको विद्युत आम्दानी ८ करोड ३४ लाखले घटेको हो । साथै कम्पनीको वित्तीय खर्च ५ करोड ४५ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष कम्पनीको वित्तीय खर्च ८ करोड ४ लाख रुपैयाँ थियो ।

३ अर्ब ७३ कराेड रूपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीको रिटेन्ड अर्निङमा एक अर्ब एक करोड ६२ लाख रुपैयाँ छ भने एक अर्ब ७० करोड ६९ लाख रुपैयाँ अन्य सञ्चितमा छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७२.८५ रुपैयाँ छ ।

comments powered by Disqus

बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।