Ipo.aspx merolagani - ङादी ग्रुप पावर नाफा घट्यो, किन ?

ङादी ग्रुप पावर नाफा घट्यो, किन ?

May 12, 2025 12:42 PM Merolagani

ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

हाइड्रोपावरले चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा दुई करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गत आर्थिक वर्षको यसै अवधिकाे तुलनामा १९.३१ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले दुई करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीकाे विद्युत बिक्री आम्दानी एक करोड ७ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १० करोड २ लाख रुपैयाँ थियो । त्यसैगरी कम्पनीको वित्तीय खर्च दुई करोड ५० लाख छ । गत वर्ष यस्ताे खर्च दुई करोड ३० लाख रुपैयाँ थियो ।

३ अर्ब ७० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीको रेटिन्ड अर्निङ १० करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा दुई अर्ब ४ करोड २१ लाख रुपैयाँ छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ८३ पैसामा सीमित छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २ पैसा छ ।

comments powered by Disqus

एक्कासी ६२ अंकले किन बढ्यो शेयर बजार ? यस्ता कारणले बढेको लगानीकर्ताको विश्लेषण

May 07, 2025 06:32 PM

सुवास निरौला

न कुनै फण्डा,न कुनै ठुलै कारण, तर शेयर बजार भने बुधवार एक्कासी ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा उक्लियो। यस अघि कुनै निश्चित कारण सहित शेयर बजार फराकिलो अंकको वृद्धि कायम गर्ने गरेको थियो।