Ipo.aspx merolagani - पिपुल्स पावरलाई हकप्रद शेयर निष्काशन गर्न बोर्डको स्वीकृती

पिपुल्स पावरलाई हकप्रद शेयर निष्काशन गर्न बोर्डको स्वीकृती

May 19, 2025 11:01 AM Merolagani

पिपुल्स पावर लिमिटेड (PPL) लाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।