Ipo.aspx merolagani - हकप्रद शेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई बोर्डको स्वीकृती

हकप्रद शेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई बोर्डको स्वीकृती

May 22, 2025 09:23 AM Merolagani

नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स (NICL) लाई हकप्रद शेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले इन्स्योरेन्सलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएकाे हो ।

बोर्डले इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न बुधबार स्वीकृत दिएकाे हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । जसकाे ४० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर इन्स्याेरेन्सले जारी गर्नेछ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पर्ने व्यवस्था गरेको छ । सो वयवस्था अनुसार उक्त हकप्रद शेयर बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।

 

गभर्नर पौडेलसंग नझुक्ने ‘मुड’मा निलम, डेपुटी गभर्नरसँगको ‘३६’को आंकडा कसरी मेल खाला ?

May 21, 2025 04:37 PM

गभर्नर हुने आफ्नो महत्वकांक्षामा ठेस लागेपछि  नेपाल राष्ट्र वैंककी डेपुटी गभर्नर डा. निलम तिमिल्सिनाले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसंग ‘भिड्ने’ स्पष्ट संकेत दिएकी छन् ।