Ipo.aspx merolagani - सुन र चाँदी दुबैको मूल्य बढ्यो

सुन र चाँदी दुबैको मूल्य बढ्यो

May 22, 2025 10:29 AM Merolagani

जेठ ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलाको ३५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।