Ipo.aspx merolagani - हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन

हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन

May 23, 2025 06:13 AM Merolagani

जेठ ९ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्स (HRL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते आइतबार बुकक्लोज गर्दैछ।

नेप्सेले यस दिन कम्पनीको ४.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको अन्तिम मूल्य ९७५ रुपैयाँ ७१ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ २५ गते, आइतबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

गभर्नर पौडेलसंग नझुक्ने ‘मुड’मा निलम, डेपुटी गभर्नरसँगको ‘३६’को आंकडा कसरी मेल खाला ?

May 21, 2025 04:37 PM

गभर्नर हुने आफ्नो महत्वकांक्षामा ठेस लागेपछि  नेपाल राष्ट्र वैंककी डेपुटी गभर्नर डा. निलम तिमिल्सिनाले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसंग ‘भिड्ने’ स्पष्ट संकेत दिएकी छन् ।