Ipo.aspx merolagani - पृथ्वीतर्फ आउँदै गरेको सौर्य आँधीका कारण विश्वभरकै विद्युत आपूर्ति, इण्टरनेट र हवाई सेवा एकैपटक ठप्प हुनसक्ने

पृथ्वीतर्फ आउँदै गरेको सौर्य आँधीका कारण विश्वभरकै विद्युत आपूर्ति, इण्टरनेट र हवाई सेवा एकैपटक ठप्प हुनसक्ने

May 23, 2025 04:44 PM mero lagani

के विश्वको विद्युत आपूर्ति एकै पटक ठप्प हुन सक्छ ? यदि भयो भने त्यसले कस्तो प्रभाव पार्ला ? धेरैको लागि यो ‘हावादारी कुरा’ लाग्न सक्छ । 

तर, अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय (नासा) सहितका विश्वका कैंयौ संस्थाहरुले निकट भविश्यमै त्यस्तो अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

सूर्यबाट अहिलेसम्मकै सबैभन्दा ठूलो मध्येको ‘सोलर फ्लेअर’ अर्थात् चुम्बकीय विकिरण निस्किंदै त्यसले आँधीको रुप लिन लागेको र त्यो पृथ्वीसम्म आइपुग्ने दावी वैज्ञानिकहरुले गरेका छन् । त्यो अवस्थामा विश्वभरकै विद्युत प्रवाह एकै पटक ठप्प हुन सक्छ ।

वैज्ञानिकहरुका अनुसार केही समययता सूर्यबाट निरन्तर रुपमा निस्किरहेको कडा तापयुक्त कणहरूको सबैभन्दा पहिलो असर नै विद्युतीय सेवामा पर्नेछ, जस्ले गर्दा विश्वका अधिकाँश स्थानको विद्युत प्रवाह अवरुद्ध हुनसक्छ, अन्तरिक्ष यात्रीहरुको जीवन जोखिममा पर्न सक्छ । विमानस्थलका राडारहरु विग्रिन सक्छन्, आकासमा उडिरहेका जहाजहरु र पानी जहाजहरुमा समेत गम्भीर असर पर्न सक्छ । कतिपय ठाउँमा सामुद्रिक आँधीहरु आउन सक्छ र रेल सेवाहरु पनि अवरुद्ध हुन सक्छन् । विकिरणहरु ठोक्किएर विश्वका कतिपय देशहरुमा रेडियो, टेलिभिजन र इण्टरनेट अवरुद्ध हुन सक्छ । तर, त्यसले पृथ्वीमा मानविय क्षति भने नगर्ने वैज्ञानिकहरुको दावी छ ।


विगतमा के भएको थियो ?

विविसीका अनुसार सौर्य आँधी कुनै आश्चर्यजनक र नौलो घटना होइन, यो सूर्यको चक्रको स्वाभाविक घटनाक्रम हो । जुन विगतमा पटक पटक घटिसकेका छन् र त्यसबाट निकै ठूलो नोक्सानी पनि भएका छन् ।

जस्तो कि: 

सन् २०१७ः सूर्यको सतहबाट निस्किएका दुइटा विशाल ज्वालाले पृथ्वीमा ‘जीपीएस सिस्टम’ अवरोध गर्यो, जस्ले गर्दा नागरिक उड्डयन क्षेत्रमा ठूलो नोक्सानी भयो ।

सन् २०११ः फेब्रुअरीमा निस्किएको एउटा शक्तिशाली सौर्य ज्वालाले चीनमा रेडिओ र टेलिभिजनको सञ्चारलाई खलबलयाइदिएको थियो । त्यसलाई नियमित गर्न चीन जस्तो देशलाई पनि केही दिन लागेको थियो र निकै ठूलो आर्थिक क्षति पुर्याएको थियो ।

सन्ः १९८९ मा सौर्य फ्लेअरका कारण क्यानडाको क्युबेक प्रान्तमा नौ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो । अमेरिका लगायतका देशहरुमा पनि ठूलो प्रभाव पारेको थियो ।

 

comments powered by Disqus

गभर्नर पौडेलसंग नझुक्ने ‘मुड’मा निलम, डेपुटी गभर्नरसँगको ‘३६’को आंकडा कसरी मेल खाला ?

May 21, 2025 04:37 PM

गभर्नर हुने आफ्नो महत्वकांक्षामा ठेस लागेपछि  नेपाल राष्ट्र वैंककी डेपुटी गभर्नर डा. निलम तिमिल्सिनाले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसंग ‘भिड्ने’ स्पष्ट संकेत दिएकी छन् ।