निर्माण सम्पन्न भएपछि यो केबुलकार विश्वकै सबैभन्दा लामो केबुल कारमध्ये हुनेछ । हाल विश्वकै सबैभन्दा लामो केबुलकार स्विडेनमा छ, जस्को कूल लम्बाई १३.२ किमी मात्र छ ।
सात स्थानमा स्टेशन रहने उक्त केबुल कार निर्माणको लागि रु ५७ अर्ब ६४ करोड ३७ लाख खर्च हुने बताइएको छ ।
निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण गर्ने गरि लगानी बोर्ड नेपालको ६४ औं बैठकले उक्त परियोजना अघि बढाउने निर्णय गरेको छ । मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्ने उक्त केबुलकार निर्माण प्रकृयाको लागि बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले सात सय ५० मेगावाट क्षमताको १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल संस्थासँग सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।
बैठकले जनकपुरमा रिफाइन इडिबल ओयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय पनि गरेको छ ।
साथै ४३ दशमलव २ मेगावाटको छिलुुङ खोला जलविद्युत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ ।