Ipo.aspx merolagani - भारतमा २४२ जना सवार एयर एण्डियाको जहाज दुर्घटना, सबैको मृत्यु भएको आशंका

भारतमा २४२ जना सवार एयर एण्डियाको जहाज दुर्घटना, सबैको मृत्यु भएको आशंका

Jun 12, 2025 02:49 PM mero lagani

भारतमा २४२ जना मानिस सवार जहाज दुर्घटना भएको छ । आजतकका अनुसार दुर्घटनामा जहाजको अधिकांश हिस्सा जलेकोले त्यसमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । 

अहमदावादबाट बेलायतको लण्डनको लागि उडेको एयर इन्डियाको बोइङ ७३७ जहाज गुजरातको राजधानी अहमदावाद नजिकैको मेघानीनगरमा विहिबार दिउंसो दुर्घटना भएको छ । जहाज उडान भए लगत्तै दुर्घटनामा परेको हो ।

जहाज दुर्घटना भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ। साथै, कालो धुवाँ दूरबाटै देख्न सकिन्छ । अहिले त्यहाँ उद्धारको कार्य जारी छ । अग्नी नियन्त्रकहरुले आगो नियन्त्रण गर्न प्रयास गरिरहेका छन्।

comments powered by Disqus

सूर्यनाथ उपाध्यायको बाटो पछ्याउँदै अख्तियारका प्रमुख आयुक्त राई, नेपालको अर्थराजनीतिमा खैलाबैला

Jun 08, 2025 04:42 PM

पहिले मुख्य सचिव डा.बैकुण्ठ अर्याल, त्यसपछि क्रमशः मोहनबहादुर बस्नेत, माधव नेपाल र आइतबार संगिता पहाडी ।