नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ बढेको हो। यस दिन सुनको मूल्य बढेसँगै रेकर्डस्तर नजिक पुगेको छ। हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ।
चाँदीको मूल्यले भने यस दिन रेकर्डस्तरमा पुगेको छ। यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेर रेकर्डस्तरमा पुगेको हो। अघिल्लो दिन अर्थात बिहीबार १५ रुपैयाँ घटेको चाँदीको मूल्य, यस दिन पुनः १५ रुपैयाँ नै बढेर रेकर्डस्तरमा पुगेको हो।
