Ipo.aspx merolagani - वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनै बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनै बैंकको ब्याजदर कति?

Jun 14, 2025 02:21 PM Merolagani

वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको छ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ। २० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरु भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।

comments powered by Disqus

‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।