Ipo.aspx merolagani - सस्तो भाडाकै कारण यात्रुमाझ ‘याङ्गो’ लोकप्रिय बन्दै, दर्ता नहुँदा कानुनी फन्दामा पर्ने जोखिम !

सस्तो भाडाकै कारण यात्रुमाझ ‘याङ्गो’ लोकप्रिय बन्दै, दर्ता नहुँदा कानुनी फन्दामा पर्ने जोखिम !

Jun 16, 2025 11:12 AM merolagani

हरिप्रसाद शर्मा
पछिल्लो एक महिनायता काठमाडौंका मुख्य सडकहरुमा तपाईहरुले ‘याङ्गो’ लेखेका सवारी देख्नुभएकै छ होला । ‘याङ्गो’ नेपालमा भित्रिएको धेरै समय भएको छैन् ।

तर, पछिल्ला दिनहरुमा इन्ड्राइभ र पठाओजस्ता राइड शेयरिङहरुले जसरी नै यात्रुहरुहरु सस्तो भाडामा गन्तव्य स्थानमा पुर्याइरहेको देखिन्छ । अन्य राइड शेयरिङहरुको तुलनामा ‘याङ्गो’मा यात्रा गर्न भाडा पनि सस्तो हुने भएकाले यात्रुहरुको रोजाईमा समेत पर्न थालेको छ ।

विद्युतीय ट्याक्सीमा ‘याङ्गो’ को लोगो हालेर ट्याक्सीहरुले सर्भिस दिइरहेका छन् भने,‘याङ्गो’ कै नामबाट मोटरसाइकल तथा स्कुटीहरुले समेत यात्रुहरुलाई सेवा दिइरहेका छन्।

सस्तो मूल्यमै ट्याक्सी चढ्न पाएपछि यात्रुको रोजाइमा नपर्ने कुरै भएन् । पछिल्ला दिनहरुमा ‘याङ्गो’ का सवारीहरु दिनानुदिन थपिइरहेका छन् । आम यात्रुहरुले अनलाइन एप्लिकेशन ‘याङ्गो’ इन्स्टल गरेर आफुलाई आवश्यक सवारी साधन छान्ने र गन्तव्य स्थान रोज्ने सुविधा हुन्छ ।

कसरी भित्रियो नेपाल ?

विश्वका विभिन्न मुलुकमा प्रयोग हुने एक मोबाइल एप्स हो ‘याङ्गो’, जुन राइट शेयरिङ सेवा पठाओले जस्तै सेवा दिन्छ । यो सेवा याङ्गेक्स कम्पनीद्धारा सञ्चालनमा छ, जुन रुसको एक ठूलो टेक कम्पनी हो । ‘याङ्गो’ एप हाल विश्वका ३० वटाभन्दा बढी देशमा प्रयोगमा छ ।

नेपालमा भने एक महिना देखि याङ्गो नामको अनलाइन राइड शेयरिङको रुपमा नेपालमा सेवा दिँदै आएको छ ।

काठमाडौंमा ट्याक्सीमाण्डुसँग आधिकारीक साझेदारी गरेको बताइएको छ । तर, अहिलेसम्म याङ्गो राइड शेयरिङ दर्ता प्रकृयामा नआएको समेत बुझिएको छ । बाइक राइड ४० देखि सुरु हुने र ट्याक्सीको राइड १८० बाट सेवा उपलव्ध दिइएको याङ्गोले दर्ता प्रक्रिया र कानुनी दायरामा आउन भने आलटाल गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म याङ्गो नामबाट उक्त कम्पनी कुनै पनि सरकारी निकायमा रजिष्टर्ड भएको देखिँदैन् । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि याङ्गो राइड शेयर सेवा सम्वन्धि कुनै पनि कम्पनी आधिकारीक रुपमा नआएको जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय,प्रदेश यातायात कार्यालय र स्थानीय सरकारका निकायमा पनि याङ्गो एप्लिकेसन वा राइड शेयरिङको सेवा दिने गरी आधिकारीक रुपमा दर्ता प्रक्रियामा आएको देखिँदैन ।

दर्ता नगरी चलाए के हुन्छ ?

सडक यातायात ऐन २०४९ को धारा ८,९ र २२ मा प्राइभेट गाडीलाई व्यवसायिक प्रयोजनमा प्रयोग गरेमा जरिवाना वा गाडी जफत गर्न सक्ने कानुनी व्यवस्था छ ।

यहाँ, प्राइभेट कार, ट्याक्सीहरुले सार्वजनिक सवारीका रुपमा व्यवसायीक प्रयोजनले प्रयोग गरिरहेका छन् । यदि याङ्गो पनि उद्योग, कम्पनी, स्थानीय सरकार, प्रदेश सरकारको यातायात मन्त्रालयमा समेत दर्ता नभएको देखिन्छ । अझै पनि दर्ता गर्न आलटाल गर्ने हो भने याङ्गो कानुनी कारबाहीमा पर्ने देखिन्छ ।

किनकी यो राइड शेयर सेवा दिने कम्पनी दर्ता नभएको खण्डमा उद्योग ऐनअनुसार जरिवाना र कम्पनी कानुन अनुसार नोटिस वा कारबाही प्रक्रिया अघि बढ्छ । त्यतिमात्र होइन, दर्ता नभइ सञ्चालनमा आउँदा राज्यलाई आउने आयकर र भ्याट समेत गुमिरहेको छ भने कम्पनीले पनि कर छल्ने ठाउँ खाेजेकाे देखिन्छ ।

 

comments powered by Disqus

‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।