Ipo.aspx merolagani - नाडाका प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, आउँदो नाडा अटो शोमा प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरे

नाडाका प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, आउँदो नाडा अटो शोमा प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरे

Jun 16, 2025 06:17 PM merolagani

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का प्रतिनिधि र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरेर बजेट अटोमोबाइल क्षेत्रको हितमा नीति आएकोमा धन्यबाद दिए ।

भेटघाटका क्रममा अध्यक्ष चौधरीले हालै सार्वजनिक बजेटलाई निजी क्षेत्रमैत्री बजेटका रूपमा स्वागत योग्य भन्दै लामो समयपछि अटोमोबाइल क्षेत्रको हितमा नीति आएको बताए ।

त्यस्तै नाडाको टोलीले आउँदो भाद्र ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको १७औँ संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन अर्थमन्त्री पौडेललाई निमन्त्रण समेत गरे ।

अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणा स्वीकार गर्दै सरकारलाई अटोमोबाइल क्षेत्रबाट अधिकतम राजस्व संकलनमा सहयोग पुर्‍याउनु व्यवसायीको दायित्व रहेको बताएका थिए । उनले आगामी वर्षहरूमा अटोमोबाइल उद्योगलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन आवश्यक नीति निर्माणमा सरकार गम्भीर रहेको समेत बताएका थिए ।

comments powered by Disqus

‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।