Ipo.aspx merolagani - सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

Aug 10, 2025 11:04 AM Merolagani

साउन २५ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य भने सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३३० रुपैयाँ कायम भएको छ।

 

comments powered by Disqus

बिक्री आम्दानी बढेपछि हिमालयन डिष्टिलरीको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Aug 14, 2025 07:08 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।