नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिदबिक्री भएको छ । सोमबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
