Ipo.aspx merolagani - घलेम्दी हाइड्रोको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो

घलेम्दी हाइड्रोको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो

Aug 12, 2025 02:22 PM Merolagani

घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १० करोड १५ लाख रुपैयाँ यस्तो आमदानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको नोक्सानी ७ करोड ६९ लाख रुपैयाँबाट घटेर ३ करोड ३३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा २५.१६ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २६.९६ प्रतिशत घटेको छ भने कुल खर्च ७.४८ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४० पैसा रहेको छ। १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २४ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।