Ipo.aspx merolagani - ईङवा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक

ईङवा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक

Aug 17, 2025 01:01 PM Merolagani

ईङवा हाइड्रोपावर लिमिटेड (IHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २८ करोड ५० लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३७.८५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ६ करोड ५१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी नाफामा पुगेको छ। अघिल्लो आर्थिक वर्ष ५१ लाख ६० हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्ष ३२ लाख १ हजार रुपैयाँ नाफामा पुगेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३७ पैसा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।