Ipo.aspx merolagani - अपि पावरको विद्युत बिक्री आम्दानी बढ्याे, नाफा कति?

अपि पावरको विद्युत बिक्री आम्दानी बढ्याे, नाफा कति?

Aug 15, 2025 03:03 PM Merolagani

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको नाफा भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४.९९ प्रतिशत घटेर ४२ करोड ७६ लाख रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन मुनाफा घटेको र वित्तीय खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.९३ प्रतिशत घटेको छ भने वित्तीय खर्च १७.८६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७४ पैसा घटेर ७ रुपैयाँ ४ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०४ गुणा रहेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६७ करोड २७ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।