Ipo.aspx merolagani - बुटवल पावर कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

बुटवल पावर कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Aug 14, 2025 07:08 AM Merolagani

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २२ करोड ६१ लाख रुपैयाँ मात्र यस्तो नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १६.५८ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा २३.९२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६.७४ प्रतिशत घटेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा २४.३४ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९४ पैसा बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात १४४.३९ गुणा रहेको छ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।