Ipo.aspx merolagani - कुथेली बुखरीको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

कुथेली बुखरीको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

Aug 14, 2025 05:24 AM Merolagani

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८९ लाख ३८ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४३.२८ प्रतिशत घटेको हो।

विद्युत बिक्री आम्दानी सामान्य घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.०३ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ३.९९ प्रतिशत घटेको छ। कम्पनीको ह्रासकट्टी खर्च भने समीक्षा अवधिमा ३२४.८२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६.४६ गुणा रहेको छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।