Ipo.aspx merolagani - वित्तीय खर्च घट्दा बलेफी हाइड्रोपावरको नोक्सानी घट्यो

वित्तीय खर्च घट्दा बलेफी हाइड्रोपावरको नोक्सानी घट्यो

Oct 27, 2025 09:23 AM Merolagani

बलेफी हाइड्रोपावर (BHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३९ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४४ करोड ८० लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घट्दा नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८४ करोड ३९ लाख रुपैयाँबाट घटेर ८२ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७६ करोड २९ लाख रुपैयाँबाट घटेर ५६ करोड ५२ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ६१ पैसा रहेको छ।

comments powered by Disqus