Ipo.aspx merolagani - मुक्तिनाथ विकास बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा

मुक्तिनाथ विकास बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा

Aug 15, 2025 02:20 PM Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ।

गत असार मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ।

७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।