Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा विकास हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा विकास हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

Aug 20, 2025 10:50 AM Merolagani

भदौ ४ गते, बुधबार, स्पेशल प्रि ओपन सेसनमा विकास हाइड्रोपावर (BHCL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९२ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ४४ लाख ५७ हजार ५ सय ९६ कित्ता र संस्थापकको ४६ लाख ३६ हजार ४ सय १७ कित्ता गरी ९० लाख ९१ हजार १३ कित्ता शेयर भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले विकास हाइड्रोपावरलाई ९७ रुपैयाँ ४३ पैसादेखि २९२ रुपैयाँ ९२ पैसासम्मको रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको स्टक टिकर बिएचसीएल रहेको छ।

comments powered by Disqus

पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।