Ipo.aspx merolagani - कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता देउ भन्दै वचतकर्ताकाे प्रदर्शन

कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता देउ भन्दै वचतकर्ताकाे प्रदर्शन

Jun 15, 2026 06:16 PM Merolagani

कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित वचतकर्ताहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका वचतकर्ताहरूले सोमवार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् ।

लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा उनीहरूले कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारबाही गर, संस्थाहरूको वचत फिर्ता गर, र जनताको निक्षेप तुरुन्त फिर्ता गर, जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो वचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् ।

comments powered by Disqus

सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।