Ipo.aspx merolagani - मेरोलगानीले असार १३ गते एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

मेरोलगानीले असार १३ गते एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

Jun 18, 2026 12:11 PM Merolagani

शेयर बजारमा लगानी गर्ने इच्छुक व्यक्तिहरूका लागि मेरो लगानीले एकदिने टेक्निकल एनालाइसिस ट्रेनिङ (प्राविधिक विश्लेषण तालिम) आयोजना गर्ने भएको छ। बजारको उतारचढावबीच सही निर्णय लिन सिकाउने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागिएको हो।

शेयर बजारको अहिलेको अवस्थामा प्राविधिक ज्ञान लिएर आफ्नो जोखिम व्यवस्थापन गर्दै नोक्सानीलाई न्यूनिकरण गर्न र नाफा कमाउन चाहने लगानीकर्तालाई लक्षित गरी उक्त तालिम आयोजना गर्न लागिएको हो।

उक्त तालिम असार १३ गते शनिबार मेरोलगानीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ। तालिम बिहान ८ बजेदेखि २ बजेसम्म चल्नेछ। उक्त सेसनमा लामो समयदेखिका अनुभवी प्राविधिक विश्लेषकबाट प्राविधिक विश्लेषण सम्बन्धि तालिम दिनेछन् भने शेयर बजारको अवस्थाको विषयमा समेत विस्तृत छलफल हुनेछ। तालिममा सहभागिता जनाउनेहरुले सपोर्ट र रेसिस्टेन्स पहिचान गर्ने तरिका, चार्ट प्याटर्नको गहन विश्लेषण, बजारको ट्रेण्ड बुझ्ने कल, जोखिम व्यवस्थापन र ट्रेडिङ्ग मनोविज्ञान लगायतका विषयहरुमा ज्ञान प्राप्त गर्नेछन्।

यसअघि मेरो लगानीले करिब दुई दर्जन एकदिने प्राविधिक विश्लेषणसम्बन्धि तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

उक्त तालिममा सहभागी हुनको लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। सो शुल्कमा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा सीमित सिट रहेकोले सहभागीता जनाउन शीघ्र रजिष्ट्रर गर्नुपर्नेछ। तालिममा सहभागी हुनको लागि सर्वसाधारणले https://merolagani.com/webinar.aspx मा गई रजिष्ट्रर गर्नु पर्नेछ।

 
comments powered by Disqus