Ipo.aspx merolagani - सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ करोबार?

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ करोबार?

Jun 22, 2026 10:56 AM Merolagani

असार ८ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलाको चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus