Ipo.aspx merolagani - सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

Jul 21, 2026 11:24 AM Merolagani

साउन ५ गते, मंगलबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।