Ipo.aspx merolagani - ६ कारोबार दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो

६ कारोबार दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो

Jul 22, 2026 03:09 PM Merolagani

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।

पछिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १५६.३ अंक बढेको छ। नेप्से बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।

यस दिन नेप्से परिसूचक १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ५६ हजार ९४ पटकको कारोबारमा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन बुंगल हाइड्रोको शेयरमूल्य साढे १० प्रतिशत बढेको छ भने सालपा विकास बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ३० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६० प्रतिशत घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.२६ प्रतिशत घटेको छ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।