Ipo.aspx merolagani - सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

Jul 21, 2026 03:10 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ७.२५ अंक बढेर २७२६.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन स्थिर रहेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ७५ हजार १० पटकको कारोबारमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५५ रुपैयाँ ८० पैसा बढेर ४२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कालंगा हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ७.४४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको करिब साढे ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।