Ipo.aspx merolagani - नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल पक्राउ

Jul 23, 2026 02:13 PM Merolagani

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल  पक्राउ परेका छन । वित्तीय अनियमितता र ऐन उल्लंघनको मुद्दामा फरार रहेका रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट सीआईबीले नियन्त्रणमा लिएको हो।

धितोपत्र र बीमा ऐन अन्तर्गतका कसूरमा उनीमाथि सरकारले मुद्दा चलाएको थियो। दिपक भट्टसहित अन्य व्यक्तिहरू मुछिएको यस प्रकरणमा रिमालको संलग्नता देखिएपछि उनी लामो समयदेखि फरारको सूचीमा थिए।

पदबाट निलम्बित अवस्थामै रहेका रिमाललाई पक्राउ लगत्तै जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ। नियामक निकायहरूले संस्थागत सुशासनमाथि प्रश्न उठाउँदै मुद्दा दायर गरेपछि यो गिरफ्तारी भएको हो, जसले बीमा क्षेत्रमा कानुनी कडाइको सन्देश दिएको छ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।