Ipo.aspx merolagani - अब बत्ती जाने/आउने सूचना मोबाइलमै: विद्युत् प्राधिकरणको केवाईसी फारम अनलाइनबाटै यसरी भर्नुहोस्

अब बत्ती जाने/आउने सूचना मोबाइलमै: विद्युत् प्राधिकरणको केवाईसी फारम अनलाइनबाटै यसरी भर्नुहोस्

Aug 03, 2026 04:31 PM Merolagani

अब तपाईंको क्षेत्रमा कहिले बत्ती जान्छ र कहिले आउँछ भन्ने जानकारी नेपाल विद्युत् प्राधिकरणले सिधै तपाईंलाई उपलब्ध गराउने भएको छ। यसका लागि प्राधिकरणले आफ्ना ग्राहकहरूको तथ्यांक अद्यावधिक (KYC) गर्ने कार्य तीव्र पारेको छ।

ग्राहकको सही विवरण नहुँदा सूचना दिन कठिनाइ भएपछि प्राधिकरणले अनलाइनबाटै केवाईसी भर्ने सुविधा ल्याएको हो। अब ग्राहकले घरमै बसेर https://kyc.nea.org.np पोर्टल प्रयोग गरी आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार, यो प्रणाली लागू भएपछि ग्राहकले विद्युत् आपूर्ति सम्बन्धी जानकारीहरू समयमै प्राप्त गर्नेछन्। प्राधिकरणले यो सेवा पूर्णतः अनलाइन बनाएकाले ग्राहकहरूलाई विद्युत् महसुल केन्द्र वा कार्यालयसम्म जानुपर्ने बाध्यता नरहेको समेत स्पष्ट पारेको छ।

comments powered by Disqus

साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।