Ipo.aspx merolagani - दसैं अघिकाे अन्तिम साता पनि खासै बढेन सुनकाे मूल्य, हप्ताभर ९०० रुपैयाँले मात्र बढ्यो

दसैं अघिकाे अन्तिम साता पनि खासै बढेन सुनकाे मूल्य, हप्ताभर ९०० रुपैयाँले मात्र बढ्यो

Oct 10, 2026 06:36 AM Merolagani

सुनकाे मूल्य दसैं अघिकाे अन्तिम साता पनि खासै बढेकाे छैन । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

गत असोज १७ गते शनिबारको तुलनामा असोज २३ गतेसम्म आइपुग्दा सुनको मूल्य ९०० रुपैयाँ मात्र बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज १७ गते शनिबार २ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा २ लाख ९५ हजार ७०० मा पुगेको हो ।

त्यस्तै, असोज १८ गते आइतबार भने एकैदिन २ हजार ९०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज १९ गते सोमबार अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, असोज २० गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, असोज २१ गते बुधबार भने ८०० रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकाे थियाे । त्यस्तै, असोज २२ गते बिहीबार पनि प्रतितोलामा ५०० रुपैयाँले बढेर सुन २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, असोज २३ गते शुक्रबार भने एकैदिन २९०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

यसरी हेर्दा, एक हप्ताको अवधिमा सुनको मूल्यमा त्यति धेरै उतारचढाव भने आएन् । चाडपर्वको माहोल भएकाले पनि सुनको मूल्य स्थिर रहेको हुन सक्ने सुन व्यवसायीको आकंलन छ ।

comments powered by Disqus