टेवामा टेकेर उक्लिन खोज्दै
यस साता कम्पनीको शेयरमूल्य टेवामा टेकेर उक्लिन खोजिरहेको देखिन्छ। गत साताको अन्तिम कारोबार दिन टेवा क्षेत्रमा झरेको कम्पनीको शेयरमूल्य, यस साता विस्तारै उक्लिन खोजिरहेको छ। हाल कम्पनीको टेवा क्षेत्र १५५ देखि १६० सम्म रहेको छ। आगामी कारोबार दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा १७५ देखि १८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
मूल्य बढ्ने संकेत
साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले यस साता ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश मैनबत्ती हो। यसले कम्पनीको शेयरमूल्य बटममा पुगिसकेको र अब बढ्नका लागि तयार रहेको संकेत गर्दछ। दैनिक रुपमा भने यस साताको चार कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ जसले सो दिनहरुमा कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्युम
यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ७९ हजार रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १६.४५ प्रतिशत बढी हो।

बुलिश क्रशओभर
यस साता कम्पनीको शेयरमूल्यले एमएसिडीमा बुलिश क्रशओभर बनाएको छ। यस साताको बुधबार एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ। त्यसैगरी, साताका अन्तिम दुई कारोबार दिनमा कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा उक्लिएको छ।

बिक्रीचाप बढी
स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयर अहिले ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४० लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढेपछि कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड १८ लाख रुपैयाँबाट बढेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा १२ करोड ९९ लाख रुपैयाँबाट बढेर २२ करोड १ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५ करोड २५ लाख रुपैयाँबाट बढेर १५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।
५ अर्ब ६६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा १३ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको बुकभ्यालु १०२ रुपैयाँ ४५ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो १.५७ गुणा रहेको छ।

आधारभूत अवस्था
हाल नेप्सेमा कम्पनीको ५ करोड ६६ लाख ७१ हजार ४५.१० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता १६१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ९ अर्ब १२ करोड ४० लाख ३८ हजार २६१ रुपैयाँ १० पैसा रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३१५ रुपैयाँ रहेको छ भने न्यून मूल्य १५४ रुपैयाँ ७० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य १९० रुपैयाँ ९३ पैसा रहेको छ।

कम्पनीले हालसम्म ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगढ गढ जलविद्युत आयेजना, ४ मेगावाटको गन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले ४० मेगावाटको अप्पर चमेलीया जलविद्युत आयोजनाको निर्माण पनि सम्पन्न गरि सञ्चालन गरिरहेको छ।
ब्रोकर ५८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा ब्रोकर नम्बर ४१ रहेको छ। ५८ ले यस साता कम्पनीको १ लाख ८ हजार ८३२ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ६२ ले २९ हजार ९७ कित्ता र ३५ ले २५ हजार ५१ कित्ता शेयर खरिद गरेको छ। ब्रोकर नम्बर ४१ ले भने यस साता कम्पनीको ४० हजार ३२२ कित्ता शेयर बिक्री गरेको छ।

फियर जोनतर्फ अघि बढ्दै
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले एक्सट्रिम फियर जोनबाट फियर जोनतर्फ गइरहेको छ। यसले लगानीकर्ताहरुमाझ कम्पनीको शेयरमूल्य धेरै घट्छ भन्ने डर कम भएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)