Ipo.aspx merolagani - एनआईसी एशिया बैंकले फेरी घटायो ब्याजदर

एनआईसी एशिया बैंकले फेरी घटायो ब्याजदर

Dec 10, 2023 06:51 AM Merolagani

मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको एनआईसी एशिया बैंक (NICA) ले पुस महिनाका लागि फेरी ब्याजदर घटाएको छ।

बैंकले पुस महिनामा अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।

यस अघि मंसिर महिनामा बैंकको अधिकतम ब्याजदर ८.९६८ थियो। यो वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून हो।

comments powered by Disqus

किन बढ्यो एक्कासी कारोबार रकम, यस्तो छ कारण, बढेको कारोबार रकमले बढ्दो लय समाउला ?

Dec 07, 2023 04:02 PM

अढाई महिना पछि बिहीबार एक्कासी कारोबार रकम बढेर २ अर्ब  ७९ करोड रुपैयाँमा उक्लियो। यो अढाई महिना यताकै सबैभन्दा बढी कारोबार हो।