Ipo.aspx merolagani - सातामा साढे ५ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा साढे ५ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Dec 23, 2023 06:51 AM Merolagani

यस साता नेप्से परिसूचक साढे ५ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत सता १९९४.६० विन्दुमा बन्द भएको नेप्से, यस साता ५.७४ प्रतिशत अर्थात ११४.५० अंक बढेर २१०९.१० विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २०.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६ अंक बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब २६ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८७.४५ प्रतिशत बढी हो। यस साता नेप्सेको दैनिक औषत शेयर संख्या ८३.५५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४९.१७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ६ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९९ अर्ब रुपैयाँ बढेर ३२ खर्ब ७६ अर्ब पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १९.२८ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ५१४६.०५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९९२.३८ अंक बढेर ६१३८.४३ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६८ प्रतिशत घटेको छ।

यस साता ४ कम्पनीको कुल ७ करोड २९ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जरपछिको शेयर नेप्सेमा सूचीकृत भएको हो भने नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता बोटलर्स नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता हाथवे इन्भेष्टमेन्ट, नेपाल रिपब्लिक मिडिया, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर लगायतका स्टकहरुको मूल्य ४२ प्रतिशतभन्दा बढी बढेको छ। यस साता डोल्टी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक १३.८० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ सूचीको शीर्ष स्थानमा रहेका छ भने बोटलर्स नेपाल लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर सेल सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।